Nepali Unicode | Preeti to Unicode

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ । मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो ।

मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीका अनुसार मनमायाको आज बिहान ३ बजे काठमाडौँको सितापाइलामा निधन भएको हो । स्वर्गीय पाण्डेका मुख्यमन्त्री पाण्डे, नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेसहित पाँच छोरा र तीन छोरी हुनुहुन्छ ।

पशुपति आर्यघाटमा स्वर्गीय पाण्डेको अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, एमाले सचिव योगेश भट्टराई, गोकर्ण विष्ट लगायत ठूलो संख्यामा विभिन्न दलका नेता, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, निवर्तमान सांसद लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर