Nepali Unicode | Preeti to Unicode

डेंगीको संक्रमणबाट चितवनमा एक महिलाको ज्यान गएको छ ।

राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगीका कारण मृत्यु भएको हो। स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगी पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको अस्पतालको भनाइ छ । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगीका कारण मृत्यु भएको थियो। जिल्लामा हालसम्म सात सय ४३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर