Nepali Unicode | Preeti to Unicode

अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधबार नेपाल आउने भएकी छिन् ।

नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा उनी काठमाडौं आउने तयारी गरेकी हुन् ।

नेपालमा रहँदा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदानप्रदान कार्यक्रमका सहभागीहरूसँग राउण्ड टेबल छलफलमा सहभागिता जनाउने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर