विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्ने भएका छन् ।
पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना हुने भएको हो । मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष पद दिने तयारी गरेको बुझिएको छ ।
मिश्रले सामाजिक सन्जालमार्फत् केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया सुरु हुने र तहगत मिलानका लागि एउटा समिति पनि बन्ने जानकारी दिएका छन् ।
