आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आज (असोज ६) देखि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म आयोगको अनुमतिबिना कर्मचारीको सरुवा नगर्न र नगराउन भनेको हो ।
हिजो (असोज ५) सम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ सम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले निर्देशन दिएको छ ।
