नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले घटेको छ ।
बुधबार दोहोरो अंकको सुधारिएको नेप्से बिहिबार फेरि घटेको हो ।
बिहिबार नेप्से ९.८३ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ९६ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ११.२२ अंकले बढेर एक हजार ८ सय ४८ दशमलब ८२ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै,नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ६५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ
आज कारोबार भएका कम्पनीमध्ये ३७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १४३ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५३१.१० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज प्रभु बैंक डिबेञ्चर र गरिमा डिबेञ्चरको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।
