Nepali Unicode | Preeti to Unicode

नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ ।

आज नेप्से ३८.८१ अंकले घटेर एक हजार ८ सय ३७ दशमलब ६० विन्दुमा बन्द भएको हो ।

अघिल्लो साताका दुईदिन सुधारको संकेत देखिन थालेको सेयरबजार बैंकहरुको नयाँ ब्याजदरले यस साता सेयरबजार प्रभावित बन्न पुगेको छ ।

नेपाल बैंकर्स संघको भदौ ३१ गतेको निर्णयअनुसार बैंकहरुले राष्ट्र बैंकको निर्देशमा रही आफुखुशी ब्याजदर निर्धारण गर्न पाउने भएसँगै बैंकहरुले भटाभट ब्याजदर बढाएर सार्वजनिक गरेको थियो । बैंकहरुको ब्याजदर बढेसँगै सेयरबजारमा एकाएक उच्च अंकको गिरावट आएको छ ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब २२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था र एनएमबी फिफ्टीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको हो ।

नेप्सेका अनुसार कालिका पावर कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर