Nepali Unicode | Preeti to Unicode

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । निर्वाचन आयोगले आगामी असोज २ र ३ गतेका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने समय दिएपछि कांग्रेस यतिबेला उम्मेदवार चयनको क्रममा रहेको छ । त्यसपछि प्रतिनिधि सभा र प्रदेश सभाका लागि पनि उम्मेदवारहरुको टुङ्गो लगाउनु पर्ने छ ।

नेताहरुका घरघरमा जिल्लाजिल्लाबाट आएका नेता कार्यकर्ताहरुको भीड लाग्ने गरेको छ । यसैबीच बिहीबार बालुवाटारमा बसेको पदाधिकारीको बैठकले समानुपातिक उम्मेदवारका आएका नामहरूलाई सूचीकृत गर्ने जिम्मेवारी आठ जना सहमहामन्त्रीलाई दिएको छ ।

१६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा उनीहरूलाई दिइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर