Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

वारसा, कात्तिक ८ गते।
पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उहाँका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराउनुभएको छ । स्पाईचाल्स्कीले भन्नुभयो, “राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ तर उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । राष्ट्रपतिको सम्भावित सेवाका लागि चिकित्सकसहितको टोली तयारी अवस्थामा रहेको छ ।”
राष्ट्रपति डुडालाई शुक्रबार साँझ आएको रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणपछि डुडा र उहाँको कार्यालयका निकट सम्पर्कमा आएका सबै कर्मचारी क्वारेन्टिनमा बसेका छन् ।
पोलिस राष्ट्रपति डुडाले सङ्क्रमण पुष्टि हुँदासम्म नियमित कार्यालयमा गई राष्ट्रपतीय जिम्मेवारी सम्हालिरहनुभएको थियो । उहाँले क्वारेन्टिनमा बस्नुपूर्व राष्ट्रिय रङ्गशालामा उपस्थित भई त्यहाँ निर्माण भइरहेको कोभिड–१९को अस्थायी अस्पतालको निरीक्षण गरिरहनुभएको थियो ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण पोल्याण्डमा दुई लाख ४१ हजार ९४६ व्यक्तिमा देखिएको छ भने सङ्क्रमितमध्ये चार हजार ३५१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय