Nepali Unicode | Preeti to Unicode

नेपाल राष्ट्र बैंकले रिपो मार्फत बजारमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले बिहीबार रिपो मार्फत बजारमा २० अर्ब रुपैयाँ तरलता पठाउने भएको हो ।

बैंकिङ प्रणालीमा तरलता संकुचन भएपछि उक्त रकम पठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ । १४ दिन अवधिको उक्त रिपोमा बैंकहरुले न्यूनतम १० करोड र बढीमा अक्सन हुने रकमसम्म ५ करोडले भाग गर्दा भाग जाने रकममा गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले यसअघि ३० अर्बको रिपो र २५ अर्बको ओभरनाइट पर्चेज मार्फत बैंकमा तरलता पठाइसकेको छ । यस्तै स्थायी तरलता सुविधा ९एसएलएफ० र ओभरनाइट रिपोमार्फत २१ भदौसम्म १४ खर्ब ५० अर्ब ८० करोड ३० लाख रुपैयाँ गरी चालु आर्थिक वर्षमा १५ खर्ब ५ अर्ब ८० करोड ३० लाख रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाएको केन्द्रीय बैंकले जनाएको छ ।

जसमध्ये २१ भदौसम्म बैंकहरुले भुक्तानी गर्नुपर्ने रकम भने ओभरनाइट रिपो र एसएलएफ मार्फत १ खर्ब ६४ अर्ब ७८ करोड ५ लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम हुँदा रिपो मार्फत तरलता प्रभाव गर्ने गर्छ भने बढी हुँदा रिभर्स रिपो मार्फत प्रशोचन गर्छ ।

प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो । यस्तै बैंकले बैंकिङ प्रणालीमा साधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएमा अल्पकालीन अवधिको तरलता प्रशोचन गर्न प्रयोग हुने मौद्रिक औजार ‘रिभर्स रिपो’ हो ।

प्रतिक्रिया

सम्बन्धित खवर