Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

जाजरकोट , कात्तिक, ८ गते । घर लिप्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा दुई महिलाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । मृत्यु हुनेमा छेडागाड नगरपालिकाको वडा न ३ चुवाकी ३० वर्षीया सितला जैसी र सोही गाउँकी १६ वर्षिया आरती दाहाल रहेकी छन ।
त्यस्तै घटनामा परी सोही गाउँकि २४ वर्षीया सरिता जैसी र छेडागाड ४ की ५१ वर्षीया धनसरा चदारा घाईते हुनुभएको छ । दशैको लागि घर लिप्ने माटो लिन स्थानीय महिलाहरु.. आफ्नो टोलभन्दा झन्डै ४ किलोमीटरको दूरी टाढा दशेरा भन्ने ठाउँमा गएका थिए । माटो निकाल्ने ठाउँमा सुख्खा पहिरो गएको स्थानीयले बताएका छन ।
जाजरकोटका प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठ ले घाईतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचारको क्रममा मत्यु भएको बताउनुभयो । हाल दुई जना घाइते महिलालाई जाजरकोटका प्रतिनिधिसभा सदस्य एवं वन तथा वातावरण मन्त्रि शक्तिबहादुर बस्नेतको पहलमा नेपाली सेनाकोे हेल्किकोप्टर मार्फत सुर्खेत पठाईएको छ ।
घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय दशेराका असई कमानसिह रामजालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय