समयमै रासायनिक मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरिएको छ ।
ठेक्का सम्झौताअनुसार समयमै मल नल्याएका दुई नेपाली कम्पनीलाई कालो सूचीमा राख्न कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयमा कारबाहीको लागि सिफारिस गरिएको कृषि विकास मन्त्रालयलका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिएका हुन् ।
सिल्क (जेभी) र सिल्क मार्केटलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको उनले बताए ।
आर्थिक वर्ष २०७८ । ७९ का लागि यी दुई कम्पनीले ५० हजार मेट्रिकटन युरिया ५ हजार मेट्रिकटन डिएपी गरी कुल ५५ हजार मेट्रिकटन मल आयातको सम्झौता गरेका थिए ।
