दाङमा चट्याङ लागेर दुई महिलाको ज्यान गएको छ ।
गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।
चट्याङ लागेर १२ महिला समेत घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
घाइतेहरूको दाङका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
