Nepali Unicode | Preeti to Unicode

कानूनमन्त्री गोविन्दप्रसाद कोइराला शर्मा र  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न कोइराला आज विहान खुमलटार पुगेका हुन्।

प्रचण्डसँग कोइरालाले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकका बारेमा कुराकानी भएको बताइएको छ । यो विधेयक संसदमा दर्ता भइसकेको छ ।

पीडितहरुले द्वन्द्वकालीन दोषीहरुलाई उन्मुक्ति दिने प्रावधान घुसाएर यस्तो विधेयक ल्याइएको भन्दै विरोध गरिरहेका बेला मन्त्री कोइराला र प्रचण्डबीच छलफल भएको हो ।

उनीहरुबीच झण्डै एक घण्टा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर