Nepali Unicode | Preeti to Unicode

आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन  निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा  सिंहदरबार पुगेका छन्।

संसदको महाअभियोग सिफारिस समितिले आज राणालाई बयानका लागि बोलाएको थियो।सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।

राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।

समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ। सार्वजनिक सूचना जारी गरी प्रमाण मागेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर