Nepali Unicode | Preeti to Unicode

भारतका गौतम अडानी विश्वकै तेस्रो सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् ।

उनले फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पारेका हुन् । योसँगै अडानी विश्वका सर्वाधिक धनीहरुको सूचीमा शीर्ष ३ मा पर्ने एसियाकै पहिलो व्यक्ति समेत बनेका छन् । ब्लुमबर्गले सार्वजनिक गरेको विश्वका सर्वाधिक धनीहरुको सूची अनुसार अडानी ग्रुपका संस्थापकको सम्पति मंगलबारसम्म १ खर्ब ३७ अर्ब अमेरिकी डलर पुगेको छ ।

यो वर्ष उनको कुल सम्पत्ति ६०.९ अर्ब डलरले बढेको हो । कजेलबाटै अध्ययन छाडेर हिराको कारोबार थालेका अडानीले अहिले कोइलाको क्षेत्रमा भाग्य चम्काएका हुन् । उनको अडानी ग्रुप भारतकै ठूलो व्यापारिक समूहमध्ये एक हो । अडानीले पहिलो स्थानमा रहेका टेस्लाका इलन मस्क र दोस्रो स्थानमा रहेका अमेजनका जेफ बेजोसलाई पछ्याइरहेका छन् ।

अहिले उनको समूह कोइलादेखि बन्दरगाह, मिडिया, सिमेन्ट, एल्युमिना र डाटा सेन्टरसम्मको व्यवसायमा संलग्न छ । यो समूह देशको सबैभन्दा ठूलो निजी क्षेत्रको बन्दरगाह र विमानस्थल सञ्चालक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर