Nepali Unicode | Preeti to Unicode

अभिनेता पल शाहको मुद्दाको पेसी आज (मंगलबार) का लागि तोकिएको छ ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका शाहको पेसी तनहुँ जिल्ला अदालतले आजको लागि तोकेको हो । नवलपुर अदालतले भने २१ भदौका लागि पेसी तोकेको छ ।

मुद्दाको फैसला अन्तिम चरणमा रहेकाले शाहलाई थुनामुक्त गरेर मुद्दा लडन सक्ने तथा थुनामा रहनुपर्ने दुवैमध्ये एक खाले फैसला आउन सक्ने कानुनविद्हरुले बताएका छन् ।

गत ३० चैतदेखि थुनामा रहेका शाह हाल तनहुँ जिल्ला कारागारमा थुनामा रहेका छन् ।

दुवै अदालतले यसअघि भएको थुनछेक बहसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए। त्यसपछि शाहले उच्च अदालतमा पुनरावलोकन रिट दर्ता गराए पनि आदेश आएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर