Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

नेपालमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ । थपिएका सहित देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा २२३ जना संक्रमणमुक्त भएका छन् । अझै ३ हजार ८६ जना होम आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये  १४९ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा रहेको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको छ । थप १ लाख ३२ हजार २९४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय