Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

नेपालमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा ४ हजार ११ जनाको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ । थपिएका सहित देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा २२३ जना संक्रमणमुक्त भएका छन् । अझै ३ हजार ८६ जना होम आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये  १४९ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा रहेको मन्त्रालयको भनाइ छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको छ । थप १ लाख ३२ हजार २९४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय