Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

काठमाडौं,  कात्तिक ७ गते । हिन्दुहरूको महान् पर्व वडा दसैंलाई कतिले मासुको पर्वका रूपमा पनि लिन्छन् । कोरोनाको महामारीको कारण यो पर्व खानपानको पनि सही तरिकाले खानुपर्ने कलाकारको सुझाव छ ।
वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले दसैंमा सबै जना सुरक्षित हुन आग्रह गदै खानपानमा विषेश ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, म कोरोनाको मुखबाट आएको ब्यक्ति हो त्यसैले कोरोनालाई आत्मविश्वास र खानपानको माध्यमबाटै पराजित गर्नुपर्छ ।
जे मनलाग्यो त्यही खाएर रोग प्रतिरोधात्मक क्षमता घटाउनु भन्दा स्वास्थ्यवर्धक कुरा खानुपर्ने आचार्यको भनाइ छ ।
नेपालभाषा चलचित्रका निर्देशक रामकृष्ण खड्गी आफू नेवार समुदायको भए पनि मासुबाट भने टाढा नै हुनुहुन्छ । उहाँ शाकाहारी भएको छ वर्ष भयो । उहाँले भन्नुभयो, ‘ पहिले पनि त्यत्ति खान मन लाग्दैन थियो, अहिले भने पूर्णरुपमा शाकाहारी भएको छु ।’ जसले गर्दा मलाई रोगसँग लड्न क्षमता विकास भएको अनुभव हुन्छ ।
अमानवीय ढङ्गबाट काटमार गरेको देखेपछि मासु खान मन लागेको बताउँदै उहाँले भन्नुभयो, ‘मलाई पशुबलि प्रथा नै मन पर्दैन । शाकाहारी खानाले शरीर मात्र नभएर मस्तिष्कमा पनि शान्त बनाउँछ ।’
मांसाहारी परिकार नभए चाडपर्व रमाइलो हुन्न भन्ने सोच गलत हो भन्ने मत छ उहाँको । ‘शाकाहारी परिकार खाएर पनि चाडपर्वमा रमाइलो गर्न सकिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘चाडपर्वको रमाइलोलाई माछा मासुसँगै तुलना गर्नु नराम्रो हो । दशैँमा आफू राइता, सिकर्नी, रसवरी, ताजा अचार, दही, फलफूल, हरिया तरकारी, फलफूल, गेडागुडी, सुप, रोटीका परिकार घरैमा बनाएर खाएर मनाउने उहाँ बताउनुहुन्छ ।
यता गायक रामकृष्ण दुवाल भन्नुहुन्छ, ‘नेवारी समुदायमा मासुलाई धेरै महत्वका साथ लिइन्छ । कुनै पनि पूजाका लागि मासु नै चाहिन्छ । देवीदेवताको नाममा बलि दिएर मासु हामीले खाने हो ।’
उहाँले हाम्रो शरीरको लागि मासु चाहिले हुनाले मासु खाएर नै दशैँ मनाउने जानकारी दिनुभयो ।
दुवालले विगत केही वर्षदेखि काटमार गर्न छोडेको जानकारी दिँदै भन्नुभयो, ‘बजारबाटै मासु किनेर ल्याउने गरेको छु ।’
विभिन्न रोगको माहामारीको कारण पनि घरमा काटमार गर्न नहुने उहाँको अनुभव छ ।
‘मासु बढी मात्रामा खानु स्वास्थको हिसाबले राम्रो मानिँदैन तर पनि दशँै हो के गर्नु ?’ अभिनेत्री दिपाश्री निरौला भन्नुहुन्छ । नियमित रूपमा र बढी मासु खाएमा त्यसको असर तुरुन्त नदेखिए पनि पछि गएर पाचन प्रणाली तथा मुटु आदिमा समस्या देखिने भएकाले मासु खाए पनि मात्रा मिलाएर खाने गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले रातो मासुमा कोलेस्ट्रोल हुने भएकोले खसी, राँंगो जस्ता रातो मासुहरू सकेसम्म कम प्रयोग गर्ने गरेको बताउनुभयो ।
हामी मांसाहारीहरूले दशैँ मनाउँदा मासुको मात्रा मिलाएर खानुका साथै उत्तिकै मात्रामा हरियो सागपात, सलाद, फलफूल, दही, मही जस्ता खाने कुरा पनि मिलाएर खाँदा भोजन सन्तुलित हुन्छ । यसले पाचन प्रक्रिया सहज बनाउने निरौलाले बताउनुभयो ।
निर्माता आकाश अधिकारी भन्नुहुन्छ, ‘चाडपर्व भन्ने वित्तिकै मासु नै खानुपर्छ भन्ने मलाई लाग्दैन । अहिले कोरोनाको महामारीमा स्वस्थकर परिकार बनाएर खान जरुरी छ ।
दाल, गेडागुडी, पनिर, दुध, कुरिलो, भटमास जस्ता खानेकुराबाट पनि मासुको जस्तै प्रोटिन प्राप्त गर्न सकिन्छ । यस्ता खानेकुराको परिकारको साथमा दशैँ मनाउन उहाँको सुझाव छ ।
उहाँलाई आफू मांसाहारी भए पनि दशैँमा मासु नै खानुपर्छ भन्ने लाग्दैन । उहाँ भन्नुहुन्छ, ‘पहिलेको जस्तो जमाना होइन । जहिले जुन बेला पनि मासुको विभिन्न परिकार खान पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय