Nepali Unicode | Preeti to Unicode

दुबई । एसिया कप २०२२ क्रिकेटको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको रोमाञ्चक जित निकालेको छ । दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतलाई अन्तिम ओभरमा जितका लागि सात रनको आवश्यकता थियो । जसमा हार्दिक पान्ड्याले चौथो बलमा छक्का प्रहार गर्दै भारतको जित सुनिश्चित गरे ।

भारतका लागि रविन्द्र जडेजाले र विराट कोहलीले समान ३५ रन बनाए । हार्दिक पान्ड्याले ३३ रन बनाउँदा सूर्यकुमार यादवले १८ र कप्तान रोहित शर्माले १२ रन बनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर