Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने चेतावनी दिएका छन् ।

पार्टीको वाग्मती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने भन्दै चेतावनी दिएका हुन् ।प्रचण्डले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प रहेको समेत बताए । पार्टीको वाग्मती  प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा उनले कांग्रेसले अफ्ठेरो पार्न खोजे वामहरुको मोर्चा बनाएर अघि बढ्न सकिने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर