Nepali Unicode | Preeti to Unicode

सत्तारूढ दलको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ ।

कार्यदलको बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।  बैठकमा कार्यदलसहित शीर्ष दलका नेताहरू उपस्थित हुने बताइएको छ ।

बैठकमा आगामी मङ्सिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे टुङ्गो लगाइने कार्यदलका एक सदस्यले जानकारी दिए । तर सिट बाँडफाँटमा अझै  सहमति हुन सकेको छैन् । बिहीबारको बैठकमा कांग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको थियो ।

यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले २५, र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । जम्मा १६५ सिटमा दलको दाबी २२७ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ । यस्तै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रको भागबण्डाबारे पनि कार्यदल बैठकमा गत शुक्रवारबाट सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर