Nepali Unicode | Preeti to Unicode

काठमाडौं महानगरपालिकाले आइतबार  भोटाहिटीको अण्डर पासमाथि बनेका अवैध संरचना भत्काएको छ ।

भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेका संरचना महानगरको सुरक्षाकर्मीसहितको टोलीले भत्काएको हो । महानगरले यसअघि कोटेश्वर,बानेश्वर, न्युरोडलगायत क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएको थियो।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अनधिकृत संरचना हटाउन महानगरले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् ।

उपमेयर सुनिता डंगोलले समेत पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक रहेको बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर