Nepali Unicode | Preeti to Unicode

शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा  बन्द भएको छ ।

नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ ।

सातामा ५ दिनमात्रै सेयर कारोबार संचालन हुनुपर्ने लगानीकर्ताहरुको माग रहेको छ । सेयर लगानीकर्ताहरुले शुक्रबारको नेप्से बन्द गर्नुपर्ने माग गर्दै नेप्सेमा ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।

नेप्सेमा सूचीकृत २१३ कम्पनीको ३५ लाख८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २९ करोडमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका जीवन बीमा सूचक बाहेकका सबै सूचक आज राताम्य रहेका छन् । जीवन बीमा सूचक शुन्य दशमलव ३६ प्रतिशतले बढेको छ भने सर्वाधिक फाइनान्स समूहको १.८७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर