नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धरानका मेयर हर्क साम्पाङले बिरुवा रोप्न लगाउने भएका छन् । जेवि टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रचण्ड हर्क साम्पाङकाे अभियानमा सहभागी हुनेछन् ।
प्रचण्डले सर्दु जलाधार क्षेत्रमा वृक्षराेपण गर्ने कार्यक्रम रहेकाे उपमेयर आइन्द्रविक्रम बेघाले जानकारी गराए । धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनेछन्। अध्यक्ष प्रचण्डले धरानमा संचारकर्मीसंग समसामयिक राजनीति र चुनाव लक्षित योजनाका बारेमा छोटो कुरा गरेका थिए । उनले सिट बाँडफाँडका बिषयमा छिट्टै टुंगो लाग्ने पनि जानकारी गराएका छन् ।
