प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन् ।
रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन प्रधानमन्त्री देउवा जङ्गी अड्डा गएका हुन् ।
रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका देउवा पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको बताइएको छ ।
