Nepali Unicode | Preeti to Unicode

नेकपा एमालेको पोलिटब्युरो बैठकमा नेता घनश्याम भुसालले वाममोर्चा बनाएर चुनावमा जानुपर्ने प्रस्ताव गरेका छन् ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा भुसालले वाममोर्चा बने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये १५० सिट जित्न सक्ने दाबी गरेका हुन् ।

भुसालले स्थानीय तहको चुनावको परिणामलाई हेर्दा वाममोर्चा बनाएर चुनावमा गए प्रत्यक्षतर्फ नै दुई तिहाइभन्दा बढी सिट जित्न सकिने बताएका हुन् । ‘मैले निर्वाचनअघि नै कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिँदा करिव ६०० नगर र गाउँ पालिकाहरूमा जितिन्छ भन्ने आकलनका साथ वाममोर्चाको प्रस्ताव गरेको थिएँ । गत स्थानीय तहको परिणामले त्यसलाई पुष्टि गरेको छ ।

अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तिमा १५० स्थानीय तह कम्युनिष्टको पार्टीको विभाजनका कारणले गुमेको उनले बताए ।

कम्युनिष्ट पार्टी विभाजित हुँदा कांग्रेसले एमालेविरुद्ध कम्युनिष्ट पार्टीहरूलाई नै प्रयोग गर्ने अवस्था देखिएको नेता भुसालको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित खवर