Nepali Unicode | Preeti to Unicode

नेपाल स्टक एक्सचेन्ज  (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार सामान्य अंकले बढेको छ ।

कारोबारको सुरुवातदेखि नै तिव्र उत्तारचढाव देखिएको नेप्से बुधबार सामान्य अंकले बढेर बन्द भएको हो ।

आज नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयरमूल््यमा उच्च वृद्धि भएको हो ।

नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । बुधबार यसको १६ करोड ९२ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर