Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

झापा, कात्तिक ७ गते। दशैंका बेला सामाजिक सुरक्षा भत्ता लिएर मेचीनगर नगरपालिका–६ का वडाध्यक्षसहितको टोली घरघरमै आएपछि वडावासी खुशी भएका छन् । दशैंको मुखमाा सामाजिक सुरक्षा भत्ता नपाएपछि अधिकांश एकल महिला र वृद्धवृद्धा चिन्तित बनिरहेको अवस्थामा वडाध्यक्ष ललित तामाङ भत्ता लिएर घरमै आएपछि नागरिक खुशी भएका हुन् ।

भत्ता वितरण गर्दा भीडभाडका कारण कोभिड –१९ को संक्रमणको जोखिम उच्च हुने देखाउँदै बैंकले सामाजिक सुरक्षा भत्ता वापतको रकम बाँढ्न नमानेपछि ७३८ जनालाई घरघरमै सेवा दिइएको हो । “अधिकांश हुने खाने भन्दा हुँदा खाने बढी छन्”, वडाध्यक्ष तामाङले उहाँले भन्नुभयो, “कोभिड –१९ को सङ्क्रमण हुने डरले घरबाट बाहिर जान सक्ने अवस्था छैन । आम्दानीको स्रोत नभएका लागि भत्ता नै दशैं खर्च हुने ठानेर घरघर पु¥याएका हौं ।”

मेचीनगरमा रहेका नेपाल बैंकका दुई शाखामध्ये धुलाबारी शाखाका चार कर्मचारी कोभिड १९ का सङ्क्रमणपछि सात दिनअघि बन्द गरिएको छ । अध्यक्ष तामाङले एकल महिला १७७, ज्येष्ठ एकल महिला १३४, ज्येष्ठ नागरिक ३८६ ज्येष्ठ दलित १२ जना, दलित बालबालिका ३ जना क र ख वर्गका अपाङ १३- १३ जनालाई चार महिना वापतको रु. ७३ लाख ६४ हजार ७५५ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय