मन्त्रिपरिषदको बैंठकले सहसचिव नारायण दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति सहसचिव दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
उनलाई सुदुर पश्चिम प्रदेशमा प्रमुख सचिवका रुपमा खटाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यसैगरी, बैठकमा बैठकमा मंसिर ४ मा हुने आम निर्वाचनको सुरक्षा रणनीति, कर्मचारी व्यवस्थापन, सहायता सम्वन्धि बिषयमा पनि छलफल भएको थियो ।
