भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् ।
पश्चिम बंगालका पूर्वराज्यपाल जगदीपलाई भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सत्तारुढ गठबन्धनले मनोनयन गरेको थियो।
धनखडले कुल खसेको मतमा ५२८ मत प्राप्त गरेको छ । उनको विपक्षी उम्मेदवार मार्गरेट अल्भाले १८२ मत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
१६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले बताए।
भारतमा उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ। वेङ्कैया नायडुको कार्यकाल अगस्ट १० मा समाप्त भएपछि धनखडले पदभार ग्रहण गर्नेछन्।
