Nepali Unicode | Preeti to Unicode

गुल्मीमा ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृतक ट्रक चालक रहेको प्रहरीले जनाएको छ ।

गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेकोलु १ख१८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

ट्रक सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर