Nepali Unicode | Preeti to Unicode

काठमाडौं । यू–२० साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर नेपाली टोली आज बिहीबार स्वदेश फर्कने भएका छन् ।

नेपाली टोली बिहीबार दिउँसो ४ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको थियो ।

नेपाली टोलीले दुई खेलमा जित, एक बराबरीसँगै एक खेलमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर