Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ ।

बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाइ हुने अधिकतर विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

शैक्षिकसत्र २०७९÷०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालय/क्याम्पसले फरक–फरक भर्ना तालिका तय गरी छोटो समयको मात्र म्याद राखी सूचना प्रकाशित गरेको बोर्डले जनाएको छ ।

यसो हुँदा देशका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट समेत वञ्चित हुने अवस्था देखिएको पनि बोर्डको भनाइ छ ।

अब देशभरका सबै विद्यालयलाई एसइईको नतिजा सार्वजनिक भएको कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्नाको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना लिने व्यवस्था मिलाउन सम्बन्धित सबै विद्यालय एवम् क्याम्पसलाई निर्देशन दिएको हो ।

बोर्डले स्थानीय तहलाई समेत आफ्नो पालिकाअन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना एवम् कक्षा सञ्चालनको व्यवस्था गर्न आग्रह गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर