Nepali Unicode | Preeti to Unicode

राष्ट्रिय अनुसन्धान विभाग९गुप्तचर०लाई गृह मन्त्रालयकै मातहत राख्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जोड दिएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिमा विशेष सेवा विधेयकमाथिको छलफलमा उनले विभाग प्रधानमन्त्री कार्यालय मातहत भन्दा गृहमन्त्रालय अन्तर्गत हुँदा प्रभावकारी हुने बताए । चार वर्षअघि विभागलाई गृहबाट प्रधानमन्त्री कार्यालय मातहत पु¥याइएको थियो ।

विधेयकमाथिको शंसोधनकर्ता समेत रहेका थापाले विधेयकको दफा ४ मा केन्द्रित हुँदै राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै रहनुपर्छ भन्ने नेपाली कांग्रेसको पूर्ववत निर्णयबाट पछि नहट्ने उल्लेख गरे।कांग्रेसको पछिल्लो केन्द्रीय समिति बैठकबाट पनि यही निर्णय भएको थापाले बैठकमा बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवा विभागलाई गृहमा फर्काउने पक्षमा देखिएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर