Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
एक वर्ष नबित्दै ४ पटक सरुवा
Nepali Unicode | Preeti to Unicode

काठमाडौं, कार्तिक १ । उपराष्ट्रपति कर्यालयमा बिहीबार सरुवा गरिएका केदार न्यौपाने एक वर्ष नबित्दै ४ पटक सरुवा हुनेमा परेका हुन्। २०७६ माघ महिनामा उनी काठमाडौं महानगरपालिकाबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएका थिए।

पटक पटक कर्मचारी सरुवा गरेर स्थायी सरकार मानिने कर्मचारी क्षेत्र ९ब्युरोक्रेसी० लाई सरकारले अस्थिर बनाउँदै गएको छ। कतिसम्म भने एक वर्षभित्रै एकजना सचिव चारपटक सरुवा गरिएका छन्।

उपराष्ट्रपति कर्यालयमा बिहीबार सरुवा गरिएका केदार न्यौपाने एक वर्ष नबित्दै ४ पटक सरुवा हुनेमा परेका हुन्। २०७६ माघ महिनामा उनी काठमाडौं महानगरपालिकाबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा भएका थिए। तर त्यहाँ उनी धेरै लामोसमयसम्म बसेनन्। २०७७ साउनमा उनी भूमि व्यवस्थाबाट प्रधानमन्त्री कार्यालयममा सरुवा भए।

करिब महिनासम्म उनी प्रधानमन्त्री कार्यालयमा अतिरिक्त समूह ९जगेडा० मा बसे। डेढ महिनापछि गत भदौमा अतिरिक्त समूहबाट उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरियो। हाल उनलाई प्रधानमन्त्री कार्यालयबाट उपराष्ट्रपति कार्यालमा पठाइएको छ। न्यौपाने एउटा उदहारण मात्र हुन्। यो एक वर्षबीचमा एक करिब एक दर्जन सचिवको सरुवा तीनपटकभन्दा बढी भएको छ।

न्यौपानेलाई झै खगराज बराललाई पनि झण्डै एक वर्षको अवधिमा चारपटक सरुवा गरिएको छ। हाल उनको सरुवा प्रधानमन्त्री कार्यालयमा गरिएको छ।

उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो। २०७६ फागुनमा उनलाई स्वास्थ्य मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा गरिएको थियो। स्वास्थ्यभन्दा पहिले उनको सरुवा शिक्षा मन्त्रालयमा गरिएको थियो। २०७६ भदौमा उनलाई शिक्षामा पठाइएको थियो।

यसैगरी एक वर्षको अवधिमा सूर्यप्रसाद गौतमा पनि चारठाउँ पुगेका छन्। बिहीबार उनको सरुवा संघीय मामिला मन्त्रालयबाट युवा तथा खेलुकद मन्त्रालयमा भएको छ। त्यो भन्दाअघि उनले दुईठाउँमा काम गरिसकेका छन् । २०७६ भदौमा महालेखा नियन्त्रकको कार्यालयबाट उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको थियो। भूमि व्यवस्थाबाट २०७६ फागुनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गरियो।

अब उनी सामान्यबाट युवामा जान लागेका हुन। चाँडोचाँडो सरुवा हुने सचिवमा एकनारायण अर्याल, देवेन्द्र कार्की, रमेशप्रसाद सिंह पनि छन्। अर्यालको सरुवा काठमाडौं महानगरपालिकाबाट पर्यटन मन्त्रालयमा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय