अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उद्देश्यका साथ बजेट ल्याइएको बताएका छन् ।
३० औं किसान सहिद दिवस तथा ६९ औं भिमदत्त पन्त स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन बढाउनकै लागि सहुलियतपूर्ण ऋण, किसान पेन्सनलगायतका योजनाहरु बजेटमार्फत् ल्याइएको समेत जिकिर गरे ।
उनले आत्मनिर्भर हुनका लागि भूमिहीनलाई जमिन उपलव्ध गराउने, पूँजी नहुनेहरुलाई पूँजी उपलव्ध गराउने, औजार नहुनेलाई औजार उपलव्ध गराउँदै र श्रमिहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको धारणा राखे ।
कार्यक्रममा मन्त्री शर्माले किसान सहिद परिवारलाई सम्मान गरेका थिए ।
