नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) लाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।
शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निरासा बढेको उल्लेख गरे ।
२०४७ सालमा संविधान जारी गरेपछि भएको निर्वाचनमा भट्टराई पराजित भएका थिए । त्यसबेला उनलाई कांग्रेसले नै अन्तर्घात गरेर हराएको थियो । ‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो दुरावस्थामा पुगेको हो,’ उनले भने ।
