आज राष्ट्रिय सभाको बैठक बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्दैछन् ।
त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गर्ने प्रस्ताव पेस गर्नेछन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
