Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
दशैँपछि सरकारविरुद्व आन्दोलन गर्ने देउवाको चेतावनी
Nepali Unicode | Preeti to Unicode
 BREAKING
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी | स्तब्ध र समस्याग्रस्त युवा पुस्ता | गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं |

असोज ३०, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । शुक्रबार सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझ्दै उनले सरकारप्रति आक्रोष व्यक्त गरेका हुन् ।

गरिब जनतालाई निःशुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको देउवाको आरोप छ । त्यस्तै उनले कोरोना नियन्त्रणका लागि खरिद गरिएको सामग्रीदेखि दाताले दिएको सहयोगमा पनि सरकारले भ्रष्टाचार गरेको आरोप लगाए । सभापति देउवाले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको उल्लेख गरेका छन् ।

अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको उनको आरोप छ । सरकारले आवश्यकताअनुसार तत्काल भेन्टिलेटर, अक्सिजनसहित व्यवस्था हुने आइसोलेसन तयार नगरे आन्दोलन गर्ने चेतावनीसमेत देउवाले दिएका छन् ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणमा जति खर्च भए पनि कांग्रेसले निशर्त सहयोग गर्ने बताए पनि सरकारले जनताका पक्षमा काम नगरेको जिकिर गरेका छन् । जनताका पक्षमा सरकारले काम नगरे संसद बैठक डाक्न पनि पार्टीले माग गर्ने बताए । दसैंलगत्तै संसद बैठक बोलाएर सरकारलाई जनताका पक्षमा काम गर्न बाध्य बनाइछाड्ने देउवाको भनाई छ ।

कोरोना अनुगमन समितिका संयोजकत्व तथा सहमहामन्त्री प्रकाशशरण महतले कोभिड १९ अनुगमन समितिको प्रतिवेदन सभापतिलाई हस्तान्तरण गर्दै सरकारको प्रोपागाण्डा शैलीमा प्रस्तुत भएर जनतालाई गलत सूचना प्रवाह गरेको आरोप लगाएका छन् ।

महतले सरोकारवालासँग छलफल गरेर यर्थाथका आधारमा सरकारलाई लगातार रुपमा ध्यानाकर्षण गरिरहेको भएपनि सरकारले खासै ध्यान नदिएको बताएका छन् । त्यस्तै विविध क्षेत्रलाई समेटेर तयार पारिएको संक्षिप्त प्रतिवेदन सभापतिलाई बुझाएको महतले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय