Nepali Unicode | Preeti to Unicode

काठमाडौं । बजेट निर्माणताका अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करका दायरा हेरफेरमा भूमिका खेलेको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले सीसीटीभी फुटेज हेर्न थालेको छ ।

प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज छ ।  सो भिडियो अहिले समितिका सदस्यले हेरिरहेका छन् । तर कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट सोमबार समितिलाई बुझाएको थियो ।

गत जेठ १४ गते राति अर्थमन्त्रालयमा विचौलियालाई बोलाएर करका दर हेरफेर गर्नमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भूमिका खेलेको आरोप छ । उनले सोही आरोपमा राजीनामा दिइसकेका छन् ।

तर उनले संसदमा सीसीटीभी फुटेज १३ दिनमात्र रहने भन्दै डिलेट भइसकेको बताएका थिए । अब रिकभर भएको फुटेज जेठ १४ रातिको छ कि छैन भन्नेबारे अझै स्पष्ट भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर