मङ्गलबारको प्रि ओपन सेसनमा नेप्से सूचक १ अङ्क भन्दा बढीले उकालो लागेको छ ।
साताको तेस्रो कारोबारको सेसनमा नेप्से १.१७ अङ्कले बढेर २१३४.१४ विन्दुमा पुगेको छ ।
१४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २३ सय २३ कित्ता सेयर किनबेच भएको छ ।
प्रि सेसनमा कुल ४९ वटा कारोबार भएको हो । २१ कम्पनीको मूल्य बढ्दा ७ कम्पनीको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउ स्थिर रहेको नेप्सेले जनाएको छ ।
