Nepali Unicode | Preeti to Unicode

आइतबारको सेयर बजार ६१ अङ्क भन्दा बढीले उकालो लागेको छ ।

चालु आर्थिक वर्ष २०७९र०८० को मौद्रिक नीतिपछिको पहिलो कारोबारमा सेयर बजार उच्च अङ्कले बढेको हो । आइतवार नेप्से  ६१.५ अङ्कले बढेर २०७८.५१ विन्दुमा पुगेको हो । यस दिन बजारसँगै कारोबार  रकम समेत बढेको छ ।

२१९ कम्पनीका ६४ लाख २३ हजार कित्ता सेयर  २ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३९ करोड ७१ लाख तथा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, एनआईसी एसिया र अरुण काबेली हाइड्रोको ६ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

आइतबार सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीका सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

कारोबारमा आएका १३ वटै कम्पनीको सेयरमूल्य बढेका छन् । फाइनान्स, बीमा, विकास बैङ्क र अन्य समूहको सेयरमूल्य उच्च अङ्कले बढेको छ । जसमध्ये फाइनान्स उपसमूहको सेयरमूल्य ७.२२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्ष २०७९ । ०८० को मौद्रिक नीति सेयर बजार मैत्री आएको भन्दै  पहिलो कारोबारमा शेयर बजार उच्च अङ्कले बढेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर