Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप |

चितवन, साउन ७ । रेडियो अर्पण तथा अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्ननगरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । चितवनमा देखिएको रगत अभाबलाई मध्यनजर गर्दै गरिएको कार्यक्रममा २ जना महिला सहित ३७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक ध्रुबराज लामिछानेले जानकारी दिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख आतिथी रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले चितवनमा रगतको अभाब भैरहँदा स्थानीय स्तरमा रक्तदान कार्यक्रमलाई अभियानको रुपमा लानुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय टॉडीका प्रमुख डिएसपी रविन बाबु रेग्मीले नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्नुपर्ने भन्दै नियमित रक्तदान कार्यक्रम भएमा रगतको अभाब नहुने विश्वास व्यक्त गरे ।

रेडियो तथा सहकारीका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा वडा नम्बर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा, वडा नम्बर १० का वडाध्यक्ष कलाधर पौडेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रेडियोका उपाध्यक्ष यमन भुषालले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय