Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

चितवन, असोज २९ गते । गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धि भएपछि भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेकको छ । कोभिड १९ कोरोनाका विरामी राखेर उपचार गराउदै आएका तीन वटा ठूला अस्पतालमा आइसीयु शैया खाली नभएको आस्पतालले जनाएको छ । भरतपुर सरकारी अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजले अहिले कोरोनाका विरामीलाई आइसीयुको अलगै शैया राखेर उपचार गराउँदै आएको छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले भन्नु भयो ‘अस्पतालले छुट्टाएको १० वटा आइसीयु शैया खाली छैन । अस्पतालमा भर्ना भएर बसेका कोरोना संक्रमितलाई जटिल भएमा आइसियु चाहिले कठिन हुने भएको छ ।’ अस्पतालमा रहेकको आइसीयु मध्य १० वटा कोरोनालाई छुट्टाएका छौ अहिलेसम्म शैया खाली हुन पाएको छैन ।
अन्य समयमा भन्दा अहिले संक्रमित भएर आएकाहरुमा जटिल समस्या देखिने क्रम वढ्दो छ । त्यो अवस्थामा आइसियु भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ । उहाँका अनुसार अस्पतालमा अहिले ६३ जना कोरोना संक्रमितको उपचार भइराखेको छ । ती मध्य १० जना आइसीयुमा रहेका छन् ।
कोरोना संक्रमितको उपचार गराउदै आएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले भन्नु भयो ‘संक्रमित मध्य सातजनाको अवस्था गम्भिर छ ।’ ती विरामीको भेन्टिलेटरमा राखेर उपचार गरेका छौ । ती बाहेक अन्य विरामीपनि आइसीयुमा उपचाररत छन् । केही महिना यता उपचार गर्न आएकका कोरोना संक्रमित मध्य आइसियु, भेन्टिलेटरमा राख्नु पर्ने सख्या वृद्धि हुन थालेको छ ।
उहाँका अनुसार कोभिड १९ कोरोनाका विरामीलाई मात्रै राख्न भनेर २९ वटा शैया छुट्टाइएको छ । ती सबैमा विरामी भर्ना भएको उहाले जानकारी दिनुभयो ।
विरामीको चाप वृद्धि भएपछि आइसियुमा राख्नको लागि ठाउँ नभएपछि एचडीयुको व्यवस्था गरेको डाक्टर लम्सालले जानकारी दिनुभयो । अस्पतालमा अहिले ४४ शैयाको एचडीयुको व्यवस्था गरेको छ । अस्तालको आइसोलेसन खाली हुदै जाने तर आइसीयु र भेन्टिलेटर भरिने अवस्था आएको अस्पतालले जनाएको छ ।
२२० बेडको आइसोलेसन रहेको यो मेडिकल कलेजमा आइसोलेसनमा भन्दा आईसीयूमा बढी चाप छ । पुरानो मेडिकल कलेजले तीन भेन्टिलेटर, १६ बेडको आईसीयूसहित १०० बेडको आइसोलेसन बनाएको छ ।
आईसीयू बेड कम हुने तर संक्रमित भने गम्भीर प्रकृतिका आउन थाल्दा बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता थपिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पोडेल बताउनु हुन्छ ।
यहाँका अस्पतालमा विगतमा सामान्य लक्षण भएका संक्रमित मात्रै आउने गरेकामा पछिल्ला दिनमा बढी जोखिम भएका संक्रमित बढेका छन् ।
चितवनमा ७० भेन्टिलेटर, १५० आईसीयू, ३०० सुविधासम्पन्न शैया र ६०० वटा आइसोलेसन आवश्यक पर्ने अनुमान छ । तर स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले चितवन जिल्लाले आफ्नो लागि मात्रै तयारी गरेर सुख नपाउने बताउँनु हुन्छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ सय १८ जना सक्रिय संक्रमित छन् । तीमध्ये अस्पतालमा ३ सय ३६ र होम आइसोलेसनमा बस्नेको संख्या ७ सय ८२ छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लामा कूल संक्रमितको संख्या २ हजार ८ सय २६ रहेको छ । त्यसमध्ये ३७ जनाको मृत्यु भएको हो । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आउनेसमेत जोड्ने हो भने मृतकको संख्या ६७ पुगेको छ ।भरतपुरका असपतालमा चितवन, नवलपरासी, मकवानपुर, गोरखा , तनहुँ, धादिङ, रुपन्देहीलगायत १५ जिल्ला भन्दा धेरै स्थानबाट यहाँ विरामी उपचार गराउन आउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय