Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

वीरगञ्ज, असोज २९ गते । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ विजयवस्ती क्षेत्रको ओरिया खोलाको बगरमा गएराती प्रहरी र हतियारधारी समूहबीच दोहोरो फायरिङ भएको छ ।
लागूऔषध गाँजा आइरहेको सूचनाको आधारमा बगरमा खटिएको प्रहरी टोलि माथि हतियारधारी समुहले फायरिंग गरेपछि प्रहरीले पनि जवाफी फायरिंग गर्दा प्रहरी र हतियारधारी समूहबीच दोहोरो फायरिङ भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक मनोजित कँुवरले पुष्टि गर्नुभयो ।
प्रहरीले हतियारधारी समूहका चार जनालाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले पक्राऊ परेका व्यक्तिहरुबाट एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउण्ड गोली र एक थान खुकुरी बरामद भएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिनु भयो ।
‘ प्रहरी टोलीलाई देखेर हतियारधारी समूहले फायरिङ गरेपछि जवाफी कारबाहीमा प्रहरीले दुई राउण्ड गोली चलायो, चार जना हतियारधारी नियन्त्रणमा आए तर गाँजा भने फेला परेन , पक्राऊ परेका चार जना के प्रायोजनले आएका थिए, त्यसको अनुसन्धान भइरहेको छ ।’ ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक साहले भन्नुभयो ।
पक्राउ गरिएका चारै जना ठोरी गाउँपालिका वडा नम्बर ४ विशाल चोकका बासिन्दा रहेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई अनुसन्धान भईरहेको जनाउँदै प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय