श्रीलङ्काको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित भएका छन्।
बुधबार संसदमा भएको मतदानमा विक्रमासिङ्घे दुई प्रतिष्पर्धीलाई हराउँदै राष्ट्रपति चुनिएका हुन्। विक्रमासिङ्घे १३४ मत पाएका छन्। उनी यसअघि ६ पटक श्रीलङ्काको प्रधानमन्त्री बनेका थिए ।
प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे श्रीलङ्काबाट भागेपछि रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति बनेका थिए ।
नवनिर्वाचित राष्ट्रिपति विक्रमासिङ्घको कार्यकाल नोभेम्बर २०२४ मा सकिने छ ।
