Nepali Unicode | Preeti to Unicode

काठमाडौंको जोरपाटीमा मिथेन ग्यासको फोहोरा निस्किन बन्द भएको छ ।

मङ्गलबार बिहान १० बजेदेखि स्थानीय सन्त लामाको घरमा बोरिङ खन्ने क्रममा निस्किएको फोहोरा बिहान ३  बजेतिर रोकिएको हो ।

मिथेन ग्यासको फोहोरा आउने क्रम करिव १७ घन्टापछि रोकिएको गोकर्णेश्वर नगरपालिका–६ का वडाध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

मङ्गलबार  एक्कासि लेदो माटोसहितको फोहोरा निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै त्यहाँ पुगेको प्रहरी वृत्त बौद्धको टोलीले खानी तथा भूगर्भ विभागमा जानकारी गराएको थियो ।

खानीको टोलीले अनुसन्धान गर्दा मिथेन ग्यास भएको पुष्टि भएको हो । फोहोरा निस्किएपछि त्यस क्षेत्रमा नेपाली सेनाको टोली समेत परिचालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर