Nepali Unicode | Preeti to Unicode

नेपाल प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दु र शिव लम्साल बीच प्रतिस्पर्धा हुने  पक्का भएको छ ।

बिन्दुलाई नेपाली काङ्ग्रेसको संस्थापनले अध्यक्षमा चुनाव लडाउने निर्णय गरेसँगै यो परिवेश निर्माण भएको हो । केही दिन अघि सो प्यानलबाट उम्मेदवारी घोषणा गरेका सरोज अधिकारी वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका कृष्ण हुमागाईंलाई संस्थापन पक्षले उम्मेदवार नबनाउने भएको छ। हुमागाईं नेपाली काङ्ग्रेस झापाको सचिव हुन् । यसबाहेक अध्यक्षमा दीपक आचार्य र इश्वरी ओझा, रामप्रसाद दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।

यद्यपि, उनीहरू कुन प्यानलबाट चुनाव लड्छन् टुङ्गो लागेको छैन। संस्थापन इतर समूह बन्ने सम्भावना बलियो बन्दै गएको छ। लम्साल  नेता शेखर समूहका उम्मेदवार हुन् । काङ्ग्रेस सभापति शेरबहादुर देउवा (संस्थापन पक्ष )  ले अन्य उम्मेदवारको टुङ्गो लगाउन गृहकार्य जारी राखेको छ।

काङ्ग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि युनियनको निर्वाचनमा गहिरो चासो राखेका छन् । उनीहरूको भूमिकाले पनि युनियनको चुनावमा ठूलो प्रभाव पार्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर