Nepali Unicode | Preeti to Unicode

नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

सांसद आलेले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाईवालेको उपस्थितिमा भएको पार्टी अध्यक्ष दाहाल र राणाबीचको भेटमा यस्तो सहमति हुनै नसक्ने जिकिर गर्नुभयो । सांसद आलेले सञ्चारमध्यमले गलत प्रचार गरेर नेताहरुको चरित्र हत्या गर्न खाजेको भन्दै आपति जनाउनुभयो ।

सांसद आलेले एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकार नभए को हुन भनि प्रश्न समेत गर्नुभयो । उहाँले सिंगापुर प्रहरीमा गोर्खालीहरुलाई तलबभत्तामा ठूलो विभेद हुने गरेको उल्लेख गर्दै त्यो समस्या तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर